उदयपुर – उदयपुरको कटारी नगरपालिकामा चट्याङले लागेर एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान ९ बजे बर्षासँगै परेको चट्याङले लागेर वडा नं १२ चिलाउनेका निमा तामाङको १२ बर्षीय छोरा खड्ग बहादुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

लगातार बर्षात भईरहेको बेला गाईगोठमा ओत लागेर बसेको खड्गमाथि एक्कासी चट्याङ पर्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरिक्षक हरिनन्दन चौरीले जानकारी दिए । उक्त घटनाको खबर पाएपछि प्रहरी चौकी बसेरी र ईलाका प्रहरी कार्याल कटारीबाट खटिएको प्रहरी सहायक निरिक्षकको टोलीले घटनाको प्रारम्भिक कानुनि प्रकिृया पुरा गरी शव पोष्टमार्टको लागी कटारी अस्पतालमा पठाएको थियो । पोष्टमार्टम पश्चात बालकको शव परिवारलाई बुझाईएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया