उदयपुर – उदयपुरमा टिफरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । टिफरको ठक्करबाट बेलका नगरपालिका ४ लालबजारका नवराज राना मगरको ४ वर्षिय छोरी एन्जिला राना मगरको मृत्यु भएको हो ।
मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाट रामपुर तर्फ जाँदै गरेको मधेश प्रदेश २–०३–०००१ ख ४३०९ नम्बरको ठक्करबाट बालिकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
टिफर र टिफर चालक कटारी नगरपालिका २ का २३ वर्षिय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएका छन् ।
यस्तै घटनाले स्थानीय आन्दोलित भएपछि रामपुरबाट बेल्टार तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को टिफरमाथि आग्जनी गरेको छ । दुर्घटना स्थलमा बाक्लो प्रहरी परिचलान गरेको छ भने पूर्व पश्चिम जाने सवारी साधनहरुलाई विरेन्द्र चोकदेखि तपेश्वरी भागलपुर हुँदै रामपुरको बैकल्पिक बाटो पठाई रहेको प्रहरीले जनाएको छ ।









