भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको गम्भीर आपत्ति
काठमाडौँ । भारतले नेपाली भूमि लिपुलेक–कालापानीमा सडक ट्रयाकको उद्घाटन गरेकोप्रति नेपाल सरकारले गम्भीर आपत्ति जनाएको छ ।
परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर भारतले नेपाली भूमि लिपुलेकमा शनिबार बाटो उद्घाटन गरेको जानकारी भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएको छ ।
सुगौली सन्धि अनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित महाकाली नदी पूर्वको भूभाग नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ ।
परर...