उदयपुर । पुर्वराजा ज्ञानेन्द्र शाहले विश्वभरि भैलिएको कोरोना भाईरसको संक्रमण रोक्नको लागि लक डाउन बढाउनुको विकल्प नरहेको बताएका छन् । पुर्वराजा साहले ट्वीट गर्दै लकडाउन बढाउन र गरिब मजुदरको हक आर्थिक प्याकेज ल्याउन समेत माग गरेका छन् । ‘कोरोना संक्रमणको हालको अवस्था हेर्दा अन्तर्राष्ट्रिय सीमा तथा आन्तरिक प्रदेशका सीमाहरुमा आवश्यकता अनुसार कडाई गरी दैनिक ज्यालादारी मजदूर एवम् अन्य विपन्न परिवारलाई ध्यानमा राखेर आवश्यक आर्थिक प्याकेजको व्यवस्था गरी सामाजिक दूरी कायम राख्न लकडाउनको समय बढाउनु उपयुक्त हुने देखिन्छ ।’ ट्वीटमा भनेको छ ।
कोरोना संक्रमणको हालको अवस्था हेर्दा अन्तर्राष्ट्रिय सीमा तथा आन्तरिक प्रदेशका सीमाहरुमा आवश्यकता अनुसार कडाई गरी दैनिक ज्यालादारी मजदूर एवम् अन्य विपन्न परिवारलाई ध्यानमा राखेर आवश्यक आर्थिक प्याकेजको व्यवस्था गरी सामाजिक दूरी कायम राख्न लकडाउनको समय बढाउनु उपयुक्त हुने देखिन्छ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) April 11, 2020
यस अघि ट्वीट गर्दै भनेका छन, ‘सयौं दिन पुग्दासम्म पनि डब्लुएचओको तथ्याङ्क हेर्दा अझै कोरोना भाईरसको संक्रमण फैलिने क्रम नरोकिएको स्पष्ट हुन्छ । हामी जस्तो सीमित श्रोत साधन भएको मुलुकले त झन् ढुक्क हुने अवस्था पक्कै पनि छैन । यसर्थ सरकारले अझ द्रुतगतिमा देशभर सक्दो सावधानीका उपायहरु अबलम्बन गर्दै जानु उत्तम हुनेछ ।’