उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण

उदयपुरगढीका पशुपालक कृषकलाई काउम्याट वितरण
उदयपुर । उदयपुरगढी गाउँपालिकाले व्यवसायिक गाईपालक कृषकहरूलाई काउम्याट वितरण गरेको छ । उदयपुरगढी गाउँपालिका अन्तर्गत पशुपालन व्यवसाय गर्दै आएका ३३ जना कृषकलाई वितरण गरिएको हो । उदयपुरमा पहिलो पटक गाईलाई ओछ्याउनका लागि म्याट वितरण गरिएको जनाइएको छ । हेल्भेटास नेपालको सहयोग र उदयपुरगढी गाउँपालिकाको समन्वयमा पशुपंक्षी शाखाले व्यवसायिक गाईपालन गर्दै आएका कृषकलाई अभिप्रेरित गर्ने उद्देश्यले काउम्याट वि...

जिल्ला ट्राफिक कार्यालय उदयपुरद्वारा तीन महिनामा २५ लाख १८ हजार राजस्व संकलन

जिल्ला ट्राफिक कार्यालय उदयपुरद्वारा तीन महिनामा २५ लाख १८ हजार राजस्व संकलन
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ३ महिनामा २५ लाख १८ हजार पाँच सय राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष श्रावण, भाद्र र असोजमा २१ लाख ५४ हजार राजश्व संकलन भएको थियो । त्यसको तुलनामा चालु आवको तीन महिनामा ३ लाख ६४ हजार पाँच सयले बढी राजश्व संकलन भएको हो । ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइ...

तिहारको अवसरमा मसुहर समुदायलाई राहत वितरण

तिहारको अवसरमा मसुहर समुदायलाई राहत वितरण
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ९ उत्राई टोलको मुसहर बस्तिका २५ घरधुरीलाई राहत वितरण गरिएको छ । त्रियुगा नगरपालिका ९ का वडाध्यक्ष धन बहादुर दनुवारको उपस्थितिमा ओरेक नेपाल उदयपुरले राहत सामग्री बितरण गरेको हो । यस वर्षको अविरल वर्षाले मुसहर समुदायको जनजिवन अस्तव्यस्त रहेकोले नजिकिदै गरेको तिहारको अवसर पारेर बाढी पीडितलाई राहत वितरण गरिएको ओरेक नेपाल, उदयपुरका व्यवस्थापक कमला खड्काले बताईन । ...

फूलको पर्वमा फुलकै अभाव

फूलको पर्वमा फुलकै अभाव
उदयपुर । मालाको विकल्पको रुपमा प्लाष्टिकको माला प्रयोग बढेपछि सयपत्री र मखमली फूल लोपोन्मुख अवस्थामा पुगेको छ । जिल्लामा कृषि विकास कार्यालय र कृषि सम्बन्धि काम गर्ने संस्थाहरुले यसको संरक्षण नगर्दा सयपत्री र मखमली लोप हुने अवस्थामा पुगेको हो । परापूर्वक कालदेखिनै तिहारमा लगाईने सयपत्री र मखमलि फुल लोप हुन थालेपछि प्लाष्टिकको मालाको प्रयोग बढेको हो । यस्तै यसबर्ष उदयपुरमा फुलको अभाव देखिने भएको छ...

विष्फोटक पदार्थ पटाकासहित महिला पक्राउ

विष्फोटक पदार्थ पटाकासहित महिला पक्राउ
उदयपुर । हिन्दूहरुको महान चाड दशैँ सकिएलगत्तै तिहार पर्वलाई लक्षित गरी तस्करहरुले विभिन्न नाकाबाट विस्फोटक पदार्थ पटाका भित्र्याउन थालेका छन् । नेपालमा प्रतिबन्धित पटाका तस्कर समूहले चोरी निकासीको बाटो प्रयोग गरेर उदयपुर जिल्ला भित्र्याउने गरेको छ । बुधबार मध्यान्ह १२ः०० बजे समयमा त्रियुगा नगरपालिका ३ मोतिगडा रुट भएर भित्रिँदै गरेको ना.३ ख २४७७ नं. को बसमा सवार सप्तरी कन्चनपुर ८ का रेखा यादव र उनल...

ह्वावेद्वारा सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय विवरण सार्वजनिक

ह्वावेद्वारा सन् २०१९ को तेस्रो त्रैमासिकको व्यापार आय विवरण सार्वजनिक
काठमाडौं । ह्वावेले सन् २०१९ को तेस्रो त्रैमासिक (जुलाईदेखि सेप्टेम्बर महिनासम्म) को व्यापार आय विवरण सार्वजनिक गरेको छ । यस वर्षको पहिलो तीन त्रैमासिकमा ह्वावेले ६१०.८ अर्ब चिनियाँ युआनको आय आर्जन गरेको छ जुन अघिल्लो वर्षको तुलनामा २४.४ प्रतिशतले वृद्धिभएको छ । यस अवधिमा ह्वावेको खुद नाफा ८.७ प्रतिशत रह्यो । ह्वावेले आईसीटी इन्फ्रास्ट्रकचर तथा स्मार्ट डिभाइसहरूमा आफ्नो ध्यान केन्द्रित गर्दै संचा...

प्रहरीद्वारा १३ लाख ३६ हजार ५५८ रुपैयाँको अवैध सामान बरामद

प्रहरीद्वारा १३ लाख ३६ हजार ५५८ रुपैयाँको अवैध सामान बरामद
राजेन्द्र महतो, लहान। सिरहाको सीमानाका भगवानपुर गाउँपालिका ४ स्थित दुई गोदाममा सिरहा प्रहरीले छापामारी गरेको छ । भारतबाट राजस्व छली अबैध रूपमा जम्मा गरि राखेको दुई गोदामबाट करीब १३ लाख ३६ हजार ५ सय ५८ रुपैयाँको मालसामान प्रहरीले बरामद गरेको छ । विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापामारी गर्दा १३ लाख ३६ हजार ५५८ रुपैयाँ बराबरको लता कपडा, जुता, किराना सामान र भाडा वर्तन लगायतका मालसामान बरा...

स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न सर्वोच्चको आदेश

स्थानीय तहका जनप्रतिनिधिको तलबभत्ता रोक्न सर्वोच्चको आदेश
काठमाडौ । सर्वोच्च अदालतले स्थानीय तहका पदाधिकारी र सदस्यले लिइरहेको तलब भत्ता गैरसंवैधानिक भएको ठहर गरेको छ । अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेको रिटटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो ठहर गरेको हो । यो ठहरसँगै अब स्थानीय तहका जनप्रतिनिधिले पाइरहेको तलबभत्ता रोकिएको छ । अधिवक्ता ओलीले भदौ १ गते प्रदेश १ बाहेक ६ वटा प्रदेशले स्थानीय तहका जनप्रतिनिधिले मासिक तलब भत्ता पाउने गरी बनाएको कानु...

त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी नहुने (विज्ञप्तीसहित)

त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा सहभागी नहुने (विज्ञप्तीसहित)
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाका निजी विद्यालयहरु सामाजिक सुरक्षा कोषमा दर्ता नहुने निर्णय गरेको छ । त्रियुगा नगर समितिका प्याब्सन र एनप्याब्सनले बुधबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै सामाजिक सुरक्षा कोषमा दर्ता नहुने अवगत गराएका छन् । सामाजिक सुरक्षा कोषको अवधाराणा राम्रो हुँदाहुँदै पनि सामाजिक सुरक्षा ऐनका केही प्राबधानहरुले संस्थागत विद्यालयहरुको समस्यालाई सम्बोधन गर्न नसकेको त्रियुग...

उदयपुरको कटारीमा बढी भाडा फिर्ता गराउन डिएसपी केसी नै सडकमा (फोटो फिचरसहित)

उदयपुरको कटारीमा बढी भाडा फिर्ता गराउन डिएसपी केसी नै सडकमा (फोटो फिचरसहित)
उदयपुर / इलाका प्रहरी कार्यालय कटारीका डिएसपी र ट्राफिक इन्चार्ज सडकमै आएर सवारी अनुगमन गरेका छन् । चाडपर्वको अवसरमा विभिन्न बहाना बनाई यात्रुलाई ठगेको सूचनाका आधारमा ट्राफिक प्रहरीले चेकिङलाई कडाइ गर्न सुरु गरेको हो । इलाका प्रहरी कार्यालय कटारी प्रमुख प्रेम सागर केसी र ट्राफिक प्रहरी इन्चार्ज डम्बर विक्रम दियाली आफैँ सडकमा आएर बढी भाडा लिने सवारी साधनलाई कारबाही गर्दै बढी भाडा यात्रुहरूलाई फिर्...