उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले ३ महिनामा २५ लाख १८ हजार पाँच सय राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष श्रावण, भाद्र र असोजमा २१ लाख ५४ हजार राजश्व संकलन भएको थियो । त्यसको तुलनामा चालु आवको तीन महिनामा ३ लाख ६४ हजार पाँच सयले बढी राजश्व संकलन भएको हो ।
ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार सवारी चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी मोटर साइकल चालकपछि टिफर÷ट्रक चालक रहेको जिल्ला ट्राफीक प्रहरी कार्यालयका प्रमुख दिनेश कुमार चौधरीले जानकारी दिए ।
ट्राफिक प्रहरी कार्यालयको तथ्याङक अनुसार सवैभन्दा बढी भदौं महिनामा १ हजार पाँच सय सवारी कारबाहीमा परेकाबाट ९ लाख ३१ हजार राजश्व उठेको छ । यसैगरी श्रावणमा १ हजार १ सय ५० सवारी साधनबाट ७ लाख ३० हजार र असोजमा १ हजार ३ सय ५० सवारी साधनबाट ८ लाख ५७ हजार पाँच सय राजस्व संकलन भएको छ ।
१ हजार ६ सय २५ मोटर साइकलबाट १० लाख ६६ हजार पाँच सय राजश्व संकलन भएको छ । टिफर÷ट्रक ७ सय ४२, बस २ सय २२, कार, जीप, भेन ७ सय एक, ट्रयाक्टर २ सय ८८ र सिटी र अटो रिक्सा ४ सय चार वटा कारबाहीमा परेको थियो ।
गत वर्ष ९४ लाख ३२ हजार पाँच सय राजश्व संकलन भएको थियो भने चालु आर्थिक वर्षको तीन महिनामा उल्लेखनीय राजश्व संकलन भएको हो ।

तपाईको प्रतिक्रिया