कोरोना संक्रमित क्षेत्र भुल्केमा रिड नेपालको राहत सहयोग
उदयपुर । कोरोना संक्रमण इपिसेन्टर बनेको त्रियुगा नगरपालिका ३ भुल्केका स्थानीयलाई रिड नेपालले राहत वितरण गरेको छ । गाउँ नै सिल गरिएपछि भुल्केमा दैनिक उपभोग्य बस्तुको अभाव, संक्रमणको डरले मुस्लिम समुदायको पैसा चल्न छोड्यो, कोरोना संक्रमित क्षेत्रको कहर लगायत शिर्षकका समाचार नागरिक बहस अनलाइनमा सम्प्रेषण भएपछि सो क्षेत्रका स्थानीयबासीलाई विभिन्न संघ संस्था तथा प्रदेश सरकारले पनि राहत सहयोग गरेको छ । ...













