उदयपुरगढी ढुंग्रेका किसानले उत्पादन गरेको आलु विक्रीको लागि बजारसम्म पुर्याउन समस्या
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–४ ढुंग्रेमा व्यवसायिक रुपमा उत्पादित आलु विक्रीको लागि बजारसम्म पुर्याउन समस्या परेको छ । ढुंग्रेका किसानका उत्पादित आलु बजारसम्म पुर्याउन ढुवानीमा समस्या भएको छ । अन्य खाद्यन्न बालीको खेती त्याग्दै व्यवसायिक रुपमा आलु उत्पदनमा जुटेका किसानलाई उत्पादन गरेको आलु बजारसम्म पु¥याउन जीर्ण सडक हुँदा बजारसम्म पुर्याउन ढुवानीमा समस्या भएको हो ।
उक्त क्षेत्रका किसानह...













