गाईघाट । त्रियुगा नगरपालिका क्षेत्रमा वैदेशिक रोजगारीबाट बार्षिक रुपमा एक अर्ब १५ करोड रुपैया रेमिट्यान्स भित्रिने गरेको एक तथ्याङ्कले देखाएको छ । मंगलबार सुरक्षित आप्रावसन सम्बन्धि संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो ।
पछिल्लो तथ्याङ्क अनुसार त्रियुगा नगरपालिका क्षेत्र भित्रका चार हजार एक सय ११ घरधुरी विदेशिएको छ । ति आप्रवासी कामदारहरुबाट वार्षिक एक अर्व १५ करोड बढी रेमिट्यान्स त्रियुगामा भित्रिने गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी)को तथ्याङ्कले देखाएको छ ।

रेमिट्यान्स मार्फत प्राप्त हुने रकम मध्ये सबै भन्दा ठूलो खर्च वैदेशिक रोजगारीमा जाँदा लागेको ऋण तिर्नका लागि हुने गरेको छ । रेमिट्यान्स मार्फत प्राप्त हुने रकम २५ प्रतिशत साहु, महाजन, वित्तिय संस्था तथा बैंकको ऋण तिर्न खर्च हुने गरेको छ । वैदेशिक रोजगारमा जाँदा ऋण लागेको मध्ये अधिकांश रकम मिटर व्याजीको ऋण चुक्ता गर्न खर्च हुने गरेको छ ।

यस्तै रेमिट्यान्स मध्ये २० प्रतिशत घर खर्च, ६ प्रतिशत स्वास्थ्य तथा औषधि उपचार खर्च, ११ प्रतिशत बचत, ३ प्रतिशत ऋण लगानी, ६ प्रतिशत बालबालिकाको शिक्षामा २१ प्रतिशत घर बनाउनको लागि ७.६० प्रतिशत जग्गा खरिद गर्न र उत्पादनमुलक व्यवसाय सुरुवात गर्नको लागि ०.४० प्रतिशत लगानी हुने गरेको पाईएको छ ।

ठूलो मात्रामा रेमिट्यान्स भित्रिए पनि त्यसको सहि सदुपयोग हुन नसक्दा त्यसलाई उत्पादनशिल क्षेत्रमा लगानी गर्नका लागि त्रियुगा नगरपालिकाले कदम चाल्नको लागि अभिपप्रेरित गर्न थालेको त्रियुगा नगरपालिकाको सामाजिक विकास शाखा तथा सामी परियोजना स्रोत व्यक्ति विश्वजीत राईले बताए ।

हाल बैदेशिक रोजगारमा जानेक्रम दिनानु दिन बढ्दो छ । कतिपय युवाहरु विदेश मै आफ्नो ज्यान गुमाएर पनि शव ल्याउन कठिनाई भईरहेको छ । विदैशिक रोजगारमा मेन पावर कम्पनी तथा एजेन्टहरुले ठगि गर्नाले पनि मानिसहरु विदेशमा अलपत्र परेका छन भने आफ्नो नाता गोताले पनि बैदेशिक रोजगारमा जाँदा ठग्ने गरेको घटना उक्तिकै छ ।

स्रोत व्यक्ति विश्वजित राईका अनुसार धेरै युवाहरु शिप न सिकी विदेशिदा धेरै दुःख पाउने गरेको छ भने उनीहरु जोखिम मोलेर काम गर्नु परेको बताए ।

कार्यक्रममा बोल्दै बरिष्ट पत्रकार कौशल चेम्जोङले कुनै पनि देश जान अगाडी त्यहाँको भाषा र नियम नबुझि गएको त्यहाँको नियम विपरीत कार्य गर्ने भएकोले कति युवाहरुले विदेशमा नै ज्यान गुमाउनु परेको बताए । कतिपय युवा युवतीहरु पढ्को लागि भन्दै पैसा कमाउने आशा बोकेर विदेश जाने र र नसके पनि आत्महन्त्या गरेको घटना बढ्दो रहेको छ ।

तपाईको प्रतिक्रिया