गाईघाट । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गाईघाटमा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिका सहित सप्तरीको सुरुङ्गा नगरपालिका समेत कार्य क्षेत्र रहेका केन्द्र प्रमुखहरुसँग वित्तिय साक्षरता कार्यक्रम आइतबार सम्पन्न गरेको हो ।
सो कार्यक्रममा डिप्रोक्स लद्युवित वित्तीय संस्थाका प्रदेश नं. १ का प्रमुख रमेश थापाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए । स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने उनको भनाइ थियो ।

प्रदेश प्रमुख थापाका अनुसार आम्दानी, खर्च, कर्जा, कर योजना, बिमा, बचत तथा लगानी जस्ता वित्तीय क्षेत्रका महत्वपूर्ण विषयहरु बुझी उचित निर्णय गर्न सक्ने क्षमताको विकास गर्न सक्नु नै वित्तिय साक्षरता हो । संस्थाको नीतिगत व्यवस्थालाई सुधार गर्दै आमागी दिनमा संस्थाहरुलाई चुस्त र दुरुस्त गर्दै लैजाने बताउनु भयो ।
कार्यक्रमको विशेष अतिथि तथा संस्थाका प्रदेश अनुगमन अधिकृत सूर्यबहादुर विष्टले सूचना प्रविधिको विकाससँगै एसएमएस सिस्टम, अनलाइनम भुक्तानी, सूचना प्रविधिमा केन्द्र प्रमुखहरुको भूमिका प्रभावकारी बनाउन सकिने लगायतका विषयमा छलफल गरेका थिए । विष्टले शाखाको सेवा सुविधालाई कसरी चुस्त दुरुस्त बनाउन सकिन्छ त्यस बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा शाखा प्रमुख सुरज कर्णका अनुसार गाईघाट शाखाबाट २ हजार १२० घरधुरीमा १५ करोड ११ लगानी रहेको जनाए । उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका, रौतामाई र उदयपुरगढी गाउँपालिका सहित सप्तरीको सुरुङ्गा नगरपालिका समेत संस्थाको कार्यक्षेत्र रहेको उनले बताए । कार्यक्रममा ६५ जना बढी केन्द्र प्रमुखहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अध्यक्ष रामवत्ती चौधरीले महिलाहरुलाई स्वालम्बी तथा वित्तिय कारोबारमा बढी सहभागी बनाउनु पर्ने बताईन् ।

कम्पनी रजिष्टार कार्यालयमा २०५७ पौष २८ गते दर्ता भैइ नेपाल राष्ट्र बैकबाट २०५८ असार १९ गते वितिय कारोवार गर्ने स्विकृत भई २०५८ श्रावण १ गते दखि विधिवत् लघुवित कारोवार गर्दै आएको छ । हाल संस्थाको चुक्ता पुजी १ अर्व ३८ करोड ७४ लाख रहको छ । ७१ जिल्लामा १४९ शाखा कार्यालय मार्फत करिव २ लाख ४० घर–परिवारलाई वितिय सेवा प्रदान गरी रहेको छ । हाल १७ अर्व ५० करोड २४ लाख कर्जा लगानी रहीरहेको छ भने सर्व साधारणको निक्षेप ७ अर्व ७३ करोड रहको छ ।

तपाईको प्रतिक्रिया