उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका–४ ढुंग्रेमा व्यवसायिक रुपमा उत्पादित आलु विक्रीको लागि बजारसम्म पुर्याउन समस्या परेको छ । ढुंग्रेका किसानका उत्पादित आलु बजारसम्म पुर्याउन ढुवानीमा समस्या भएको छ । अन्य खाद्यन्न बालीको खेती त्याग्दै व्यवसायिक रुपमा आलु उत्पदनमा जुटेका किसानलाई उत्पादन गरेको आलु बजारसम्म पु¥याउन जीर्ण सडक हुँदा बजारसम्म पुर्याउन ढुवानीमा समस्या भएको हो ।
उक्त क्षेत्रका किसानहरु लेकाली लाली गुराँस कृषक समूहमा आवद्ध भएर आलु खेतीमा जुटेका छन् । स्थानीय कृषक राजेन्द्रकुमार तामाङले गाउँमा उत्पादन भएको आलु बजार पु¥याउन सडक जीर्ण भएकाले समस्या भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सडक छ, तर ट्याक्टरसमेत गुड्दैन् । भलबाढीका कारण सबै भत्किएको छ । कसरी आलुलाई ढुवानी गरेर बजार पु¥याउनु ! समस्या भएको छ ।’

अहिले वर्खे आलु उत्पादन भएको छ । ढुंग्रेमा उत्पादन भएको आलुको बजार नेपालटार, मुकुर्ची र गाईघाट लगायतका बजार हुन् । अर्का कृषक नेत्र तामाङले अहिले मुकुर्ची बजारसम्म लैजानको लागि आधा घण्टाको बाटो भरिया लगाएर सडकमा निकाल्नु पर्ने अवस्था भएको बताउनु भयो । ‘गाउँमा आलुको गोदाम लागेको छ । गाउँमै सडक आइपुगेको छ । तर, ट्याक्टसमेत आउने अवस्था छैन् ।’ उहाँले भन्नुभयो, ‘ढुवानीमा समस्या भयो । सडक गाउँपालिकाले मर्मत गरिदिए झनै राम्रो हुने थियो ।’

यता उदयपुरगढी गाउँपालिकाको केन्द्र आउन पनि दुई घण्टाको पैदाल यात्रा गर्नु पर्ने छ । तामाङ भन्नुहुन्छ, ‘ढुंग्रेबाट डुम्रेसम्म पैदाल नहिडिकन पालिकाको केन्द्र पुग्न सकिदैन । सडक सबै भत्केका छन् । कसरी ढुवानी गर्नु ?’

उहाँले गाउँमै प्रतिकिलो ४० रुपैँयाको दरले आलु विक्री भइरहेको बताउनु भयो । ‘हामीले बजारमा कसरी विक्री हुन्छ, त्यो थाहा पाएका छैनौँ । तर, हामीले गाउँमै प्रतिकिलो ४० रुपैँयाको दरले बिक्री गरिरहेका छौँ ।’लाली गुराँस कृषक समूहका अध्यक्ष अर्जुन आलेमगरले २५ घरधुरी किसानले झण्डै दश हेक्टर जग्गामा आलु उत्पादन गर्न थालेको बताउनु भयो । ‘हामीले यसवर्षबाट व्यवसायिक रुपमा आलु उत्पादन सुरु गरेका हौँ,’ उहाँले भन्नुभयो, ‘तर, पहिलो वर्षमै ढुवानीमा समस्या भयो । गाउँपालिकाले सडक मर्मतमा ध्याँन दिए झनै सजिलो हुने थियो ।’

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत आलु पकेट विकास कार्यक्रम ढुंगेमा सञ्चालन छ । सोही कार्यक्रमको लागि चाुल आर्थिक वर्षमा उदयपुरगढी गाउँपालिकाको गाउँपालिकाको अनुदान सहयोगमा १२ लाख र कृषकको सहभागिताबाट ६ लाख ६८ हजार गरी १८ लाख ६८ हजार रुपैँयामा आलु पकेट विकास कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख पारस फुयँलले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ढुंग्रेमा आलु पकेट विकास कार्यक्रम सफलतापूर्वक सञ्चालन भएको छ । कृषकहरु उत्सहापूर्वक सहभागी हुनु भएको छ तर उत्पादित आलु बजारसम्म पुर्याउन समस्या छ ।’

उहाँका अनुसार पालिकाले कृषकहरुको लागि पालिकाले कृषकको लागि विभिन्न प्रकारका कृषि सामग्री पनि सहयोग गरिएको छ । उहाँले भन्नुभयो, ‘आलु खेतीको हामीले माटो परीक्षण, तालिम, प्राविधिक सहयोग गर्दै आएका छौँ ।’

थप सम्बन्धित समाचार

उदयपुरगढीको ढुंग्रेमा माटो परिक्षण शिविर सम्पन्न, आलु खेती गर्न उपर्युक्त

तपाईको प्रतिक्रिया