अदालतले तोकेको धरौटी बुझाउन नसक्दा कारागार चलान
उदयपुर / उदयपुरमा ९ बर्षिया बालिकालाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका एक युवक जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।
जिल्ला न्यायाधिश तिर्थराज केसीको इजलासले आईतबार ६० हजार धरौटी लिई रिहा गर्ने आदेश दिएपनि धरौटीवापतको रकम बुझाउन नसक्दा रौतामाई गाउँपालिका ३ रसुवाका २८ बर्षीय डम्बरबहादुर राई कारागार चलान भएका हुन् ।
अदालतले धरौटी लिई रिहा गर्नु, वुझाउन नसके कारागार...








