मोटरसाईकल दुर्घटनामा माझीको मृत्यु, एक गम्भिर

मोटरसाईकल दुर्घटनामा माझीको मृत्यु, एक गम्भिर
उदयपुर / उदयपुरमा आज विहान ५ बजेको समयमा मोटर साइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ भने एक जना गम्भिर घाइते भएका छन् । बेलका नगरपालिका ९ स्थित सेतीखोलाबाट रामपुर आउने क्रममा को. २२ प ८२८८ नम्बरको मोटर साईकल दुर्घटनामा हुदाँ सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका वार्ड न ६ निवासी बर्ष ४५ को शैलेश माझीको मृत्यु भएको हो । नदाहा, चतरा, कोशीपुल रुपनगर सडक खण्डको खारखोलमा मोटरसाईकल अनियन्त्रित भई हुँद...

आजबाट १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम शुरु

उदयपुर / जिल्लामा बढ्दो लैङ्गिक हिंसा न्युनिकरणका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन भएको छ । मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रम तय गरिएकाछन् । ‘लैङ्गिक हिंसा र वलात्कार छैन हामीलाई स्वकार’ भन्ने मुलनाराकासाथ आयोजना हुने अभियानको पहिलो दिन आईतबार सदरमुकाम गाईघाटको लोकतान्त्रिक चौकमा प्रभातफेरी गरिने छ भने समापन मंसिर २४ गते मेनचौकमा दिप ...

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम सार्वजनिक

१६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान कार्यक्रम सार्वजनिक
उदयपुर / जिल्लामा बढ्दो लैङ्गिक हिंसा न्युनिकरणका लागि मंसिर ९ गतेदेखि १६ दिने अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित विभिन्न संघसंस्थाहरुले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रमको शनिबार सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिईयो । मंसिर २४ गतेसम्म मनाईने यो अभियानमा लैङ्गिक हिंसा निवारणमा मद्धत पुग्ने गरी कार्यक्रम तय गरिएकाछन् । ‘लैङ्गिक हिंसा र वलात्कार छैन हामीलाई स्वकार’ ...

हर्षोल्लासका साथ मनाइयो समा चकेवा (फोटो फिचर)

हर्षोल्लासका साथ मनाइयो समा चकेवा (फोटो फिचर)
उदयपुर / दाजुबहिनीको प्रेमको प्रतीकको रूपमा रहेको तराईको मौलिक पर्व समा चकेवा शनिबार हर्षोल्लासका साथ मनाईएको छ । गोबर्धन पूजादेखि कात्तिक पूर्णिमासम्मको अवधिमा मनाइने यो पर्व विशेषगरी तराईका जिल्ला र भारत बिहारका विभिन्न गाउँ तथा सहरी क्षेत्रमा बसोबास गर्ने मधेसी तथा थारू मूलकी अविवाहित किशोरीले मनाउने गर्दछन् । सामा चकेवा पर्वको अन्तिम दिन परम्पराअनुसार दिदी बहिनीहरुले गीत गाईसकेपछि सामा चकेव...

चाड बाड सकियो अनुगमन शुरु, जिल्ला प्रशासन कार्यालयकै अगाडी म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती

सुखिलाल चौधरी, उदयपुर / नेपालीहरुको महान चाड दशै तिहार तथा छट सकिएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले अनुगमन शुरु गरेको छ । केही दिनयता जिल्ला प्रशासन कार्यालय उदयपुरकै वरिपरिका पसलहरुमा म्याद गुज्रिएको खाने तेल, च्याउ च्याउ, मैदा लगायतका अखाद्य बस्तुहरु फेला परेपछि अनुगमन शुरु गरेको हो । प्रशासन कार्यालयको साथै अन्य सरकारी कार्यालयको वरिपरिका पसलहरुमा म्याद गुज्रेको सामान खुल्लम खुल्ला विक्री व...

उदयपुरमा समा चकेवा महोत्सव हुने

उदयपुरमा समा चकेवा महोत्सव हुने
उदयपुर / उदयपुरमा समा चकेवा महोत्सव २०७५ हुने भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ८ स्थित फुलवारी टोल विकास संस्था र सरस्वती युवा कलव उत्तरवारिटोल देउरीको संयुक्त आयोजनामा समा चकेवा महोत्सव हुने भएको छ । थारु पत्रकार संघ, नेपाल जिल्ला कार्य समिति उदयपुरको समन्वयमा महोत्सव हुने छ । महोत्सवमा थारु जातिहरुको मौलिक, संस्कृतिक समा चकेवाको प्रर्दशनी तथा आधुनिक तथा पौरानिक थारु नृत्य प्रतियोगिताको समेत...

बालविवाह गरी बलात्कार गरेको कसुरमा ८ बर्ष कैद

बालविवाह गरी बलात्कार गरेको कसुरमा ८ बर्ष कैद
उदयपुर / उदयपुरकी एक १४ बर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारी बिबाह गरी बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका युवकलाई जिल्ला अदालतले ८ बर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटाको एकल इजलासले सोमबार कटारी नगरपालिका २ त्रिवेणीका २५ बर्षीय रविलाल तामाङ्गले बालिकालाई बालविवाह गरी बलात्कार गरेको कसुर ठहर गर्दै ८ बर्ष कैद र पीडितलाई १ लाख ५० हजार क्षतिपुर...

उदयपुर जिल्ला अदालले १५ करोड जरिवाना असुल गर्न बाँकी

उदयपुर जिल्ला अदालले १५ करोड जरिवाना असुल गर्न बाँकी
उदयपुर / जिल्ला अदालतको मुद्दा फछ्र्यौट तिव्र गतिमा भएपनि फैसला कार्यान्वयले सोचेअनुरुप गतिलिन सकेको छैन् । फैसला कार्यान्वयमा ढिलासुस्तिुँदा करोडौँ रकम उठन सकेको छैन् भने दोषि ठहरियका व्यक्तिहरु खुल्लाम खुल्ला हिडिरहेका छन् । जसलेगर्दा पीडितले आफु न्याय नपाएको अनुभूति गर्न थालेकाछन् । फैसला गर्ने तर कार्यान्वयमा ढिलासुस्ति हुने गरेकाकारण सर्बसाधारणको अदालत प्रतिको धारणा नकारात्मक पर्दै गएको छ । ...

अदालतले तोकेको धरौटी बुझाउन नसक्दा कारागार चलान

अदालतले तोकेको धरौटी बुझाउन नसक्दा कारागार चलान
उदयपुर / उदयपुरमा ९ बर्षिया बालिकालाई यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका एक युवक जिल्ला अदालतले तोकेको धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् । जिल्ला न्यायाधिश तिर्थराज केसीको इजलासले आईतबार ६० हजार धरौटी लिई रिहा गर्ने आदेश दिएपनि धरौटीवापतको रकम बुझाउन नसक्दा रौतामाई गाउँपालिका ३ रसुवाका २८ बर्षीय डम्बरबहादुर राई कारागार चलान भएका हुन् । अदालतले धरौटी लिई रिहा गर्नु, वुझाउन नसके कारागार...

जलवायु परिवर्तनसंगै सुक्न थाले चुरे क्षेत्रमा पानीका मुहान

जलवायु परिवर्तनसंगै सुक्न थाले चुरे क्षेत्रमा पानीका मुहान
उदयपुर / विश्वमा जलवायु परिवर्तनसंगै उदयपुरमा कहिलै नसुक्ने पानीका मुहानहरु सुख्न थालेका छन् । विश्वमा जलवायु परिवर्तनसंगै उदयपुरको चुरे क्षेत्रमा बसोबसा गर्ने बस्तिमा खानेपानीको समस्या बढेको छ । पछिल्लो समय चुरे पहाडी क्षेत्रमा पानीको मुहान सुक्दै जानेक्रम वर्षेनी बढ्दै गएपछि समस्या बढेको हो । अहिले चुरे क्षेत्र बिनास हुदैछ । चुरेक्षेत्रबाट निकालिएको ढुङ्गा, बालुवा र वन विनासबाट चुरे क्षेत्रनै व...