उदयपुरमा भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गयो
उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका १० थुम्कीमा भिरबाट लडेर ७९ वर्षीय बृद्धको ज्यान गएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्काको भिरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका ९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भई शनिबार दिऊँसो घर फर्कने क्रममा भिरबाट लडेर ज्यान गएको हो...













