
रवीन्द्र भट्टराई, सिन्धुली । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दको सिन्धुलीमा आंशिक प्रभाव परेको छ । बन्दले जनजीवन प्रभावित भए पनि अप्रिय घटना भने भएको छैन ।
दुधौली नगरपालिका वडा नम्बर ८ मा शंकास्पद वस्तु फेला परेको छ । निमार्णधिन मदन भण्डारी राजमार्गबीच शंकास्पद वस्तु भेर्टिको हो । सडकमा ‘नेपाल बन्द छ, खतरा’ लेखेर सकेट बम जस्तो शंकास्पद वस्तु राखिएको जिल्ला प्रहरी प्रवक्ता लोकदर्शन थापाले जानकारी दिनुभयो । शंकास्पद वस्तुबारे सुरक्षा निकायले अनुसन्धान गरिहेको छ ।
दुधौली नगरपालिकाका अधिकाशं शौक्षिक संस्था बन्द भएका छन् । सवारी साधन भने छिटफुट रुपमा चलेका छन् । विपी राजमार्गमा सवारी साधनलाई स्कटीङ गरेर सञ्चालन गराइएको प्रहरी प्रवक्ता थापाले बताउनु भयो । ग्रामीण भेगका सवारी साधन भने ठप्प छन् ।











