फाइल तस्विर

उदयपुर । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आव्हान गरेको नेपाल बन्द उदयपुर पनि प्रभावित भएको छ । नेकपा प्रतिवन्धपछि यो तेस्रो बन्द हो । बन्दले उदयपुरको जन जिवन प्रभावित भएको छ ।
बिहीबार पार्टीका महासचिव विप्लवद्धारा जारी विज्ञप्तिमा पार्टीको युवा संगठनका नेता तीर्थराज घिमिरेलाई सरकारले हत्या गरेको विरोधमा बन्द आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारले देशलाई गृहयुद्धमा धकेल्न खोजेको आरोप लगाउँदै विज्ञप्तिमा भनिएको छ, ‘सांगठानिक कामको सिलसिलामा गत मंगलवार भोजपुर र खोटाङको सीमानामा केपी ओली सरकारको ठाडो आदेशमा हाम्रो युवा संगठनका नेता घिमिरेलाई सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तका नाममा हत्या गरेको छ । केपी–पीके सरकारले हाम्रो पार्टीमाथि लगाएको प्रतिबन्ध, गिरफ्तारी, दमन, चरम यातनाका साथै हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध रूपमा गृहयुद्धमा धकेल्ने कुचेष्टा गरिराखेको छ ।’
विप्लव समूहले गरेको बन्दले उदयपुरबाट छुट्ने छोटो तथा लामो दुरीको सवारी साधन नचल्दा सर्वसाधारण मर्कामा परेका छन् । यस्तै उदयपुरका सदरमुकाम गाईघाट, बेल्टार, रामपुर, मुर्कुची तथा कटारीमा विहानै देखि यातायातको साधन चलेको छैन भने बजार, पसल र विद्यालय समेत बन्द हुन पुगेको छ । ग्रामीण क्षेत्रबाट सचालन हुने सम्पूर्ण यातायात ठप्प रहेको उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रले जनाएको छ ।
गाईघाट र कटारीदेखि ग्रामिण क्षेत्रमा चल्ने सवारी साधन ठप्प जस्तै बने । ‘गाडी चलउँला, जंगलमा बसेर बम प्रहार भयो भने के गर्ने ?,’ कटारी–सोरुङ बोलेरो गाडी सञ्चालन गर्ने सानु विष्टले भने, ‘गाँउमा प्रहरी हुँदै, समस्या हुन्छ, बन्दकर्ता पनि हिजो आज गाँउमै केन्द्रति हुन थालेका छन ।’ ग्रामिण क्षेत्रका अधिकाँस सडकहरु बन्द भएका छन ।
प्रदेशका अधिकाँस ग्रामिण क्षेत्रका बजार, यातयात, विद्यालय ठप्पा भएको सर्वसाधरणको भनाई छ ।
यस्तै आईतबार राजधानी केन्द्रि बम विस्फोटमा चार जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका थिए । विप्लवका आठ जना कार्यकर्तालाई पक्राउ परेको छ ।

तपाईको प्रतिक्रिया