सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ
सुनसरी । नेपाली सेनाको मेजर ब्राउन सुगरसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय इटहरीको टोलीले मेजर अजित प्रताप सिंहलाई नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरी अगाडीको पसलबाट पक्राउ गरिएको हो ।
उनको साथबाट डेढ ग्राम ब्राउन सुगरसहित थप दुईजना पक्राउ परेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी बसन्त लामाले बताए । सिंह नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर इटहरीमा कार्यरत हुन् । प्रहरी स्रोतका अन...













