उदयपुर / उदयपुरमा जबरजस्ती करणीमा फरार एक प्रतिवादी साढे २३ वर्षपछि विहिबार विहान पक्राउ परेको छ । साविक त्रियुगा नगरपालिका १० हाल त्रियुगा नगरपालिका ५ देउरी बस्ने ४३ वर्षिय हरिनारायण सदालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका प्रतिवादीले २०५२ साल माघ १० गते एक महिलालाई बलात्कार गरी फरार भएका थिए । बलात्कार गरेको आरोपमा प्रतिवादी सदालाई जिल्ला अदालत हुँदै पुनरावेदन अदालतले ४ वर्ष जेल सजायको फैसला गरेको थियो । भारतको साथै नेपालमै लुकीछिपी बस्दै आएका फरार प्रतिवादीका सूचीमा रहेका सदा साढे २३ वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार पक्राउ प्रतिवादीलाई विहिबारै अदालतमा हाजिर गराई करागार चलान गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया