उदयपुर । उदयपुरमा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न लागेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरमा एसपी फेरिएसँगै विभिन्न अपराधमा फरार प्रतिवादीहरु धमाधम पक्राउ पर्न थालेका छन् ।
साविक त्रियुगा नगरपालिका १४ हाल ८ बस्ने ५६ वर्षिय महाविर साह पक्राउ परेको छ । २०५७ चैत महिनामा साविक त्रियुगा नपा १४, हाल वडा नं. ९ का ३४ वर्षिय शान्ती देवी चौधरीलाई उपचार गर्दा गलत औषधि सेवन गराएको थियो । सोही गलत औषधिको कारण चौधरीको २०५८ भदौ २८ गते मृत्यु भएको थियो । साह विरुद्ध कर्तब्य ज्यान मुद्दामा वारदात मितिबाट फरार भएका थिए । साहलाई गत बुधबार आफ्नै घरबाट पक्राउ परेको थियो ।

तपाईको प्रतिक्रिया