पाकिस्तानमा तीन पत्रकारलाई कोरोनाको संक्रमण भएको पुष्टि
काठमाडौं । पाकिस्तानमा तीनजना पत्रकारलाई प्राणघातक कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पाकिस्तानका न्यूज २४ एचडी टीभीका दुईजना पत्रकार र अबतक टीभीका एकजना पत्रकारलाई कोभिड १९को संक्रमण देखिएको पाकिस्तानी अनलाइन पत्रिका डेली टाइम्सले जनाएको छ ।
उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । उनीहरु पाकिस्तानको लाहोर र पूर्वी पञ्जाव प्रान्तमा कार्यरत थिए।
यता, टीभ च्यानलका कार्यकारी निर्देशक मोहसिन ना...










