काठमाडौँ । कोरोना भाइरस संक्रमण पुष्टि भएका धादिङका युवक दुबईबाट शारजहाँ हुँदै काठमाडौँ आएको खुलेको छ । यद्यपि स्वास्थ्यमन्त्री भानुभक्त आचार्यले लाइभ प्रेस ब्रिफिङमा संक्रमित युवक कतारबाट आएको भनी जानकारी गराएका थिए ।
उनी शारजहाँबाट एयर अरेबियाको जहाज चढेर काठमाडौँ आएका थिए । ३२ वर्षीय युवकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती युवा एयर अरेबियाको जहाजबाट काठमाडौँ आएको जानकारी गराएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ती युवक एयर अरेबियाको फ्लाइट नम्बर जी ९ ५३७ नम्बरबाट युएईको शारजहाँ विमानस्थलबाट चैत ६ गते बेलुका काठमाडौँ आएका हुन् । जहाज बेलुका १० बजेर ९ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा अवतरण भएको थियो ।
उनी ६ गते राति राजधानीको एक होटलमा बसेका थिए भने १० गते अस्वस्थ महसुस भएपछि परीक्षणका लागि टेकु अस्पताल पुगेका थिए । मंगलबार राति उनलाई संक्रमण भएको टेकु अस्पतालले पुष्टि गरेको थियो ।

तपाईको प्रतिक्रिया