उदयपुर । कोरोना संक्रमित १९ वर्षिय युवतीसँगै विमानमा आएका लिम्चुङबुङ गाउँपालिका ३ का दिपबहादुर मगर सेल्फ क्वारेन्टाइनमा रहेका छन् । कतारबाट क्यूआर ६५२ नम्बरको जहाजबाट आएकी एक युवतीमा कोरोना संक्रमित देखिएपछि सोधी खोजी गर्ने क्रममा अर्का युवा फेला परेका हुन् । उनी पनि आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसेकाको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जनाएको छ । यो सँगै कतारको क्यूआर ६५२ नम्बरको जहाजबाट उदयपुर आउने दुई जना फेला परिसकेका छन् । अर्का त्रियुगा नगरपालिका ५ देउरीका हुन् ।
यो पनि पढ्नुस्
उदयपुरका एक युवक कोरोना संक्रमित युवतीसँगै आएको पुष्टि

कोरोना संक्रमित युवतीसँगै नेपाल आएका यात्रुहरुको विवरण सार्वजनिक (नामावलीसहित)

कोरोना संक्रमित युवतीसँगै बेलकाका दुई युवा नआएको पुष्टी

 

तपाईको प्रतिक्रिया