उदयपुर । बैदेशिक रोजगारी कतारबाट चैत्र ४ गते फर्केका उदयपुरका दुई युवा कोरोना संक्रमितसँग नआएको पुष्टी भएको छ । बेलका नगरपालिका ३ रातापानीका विनानन्द चौधरी र सोही नगरपालिका ६ बरबोटेका राजकुमार तामाङ फ्रान्सबाट कतार हुँदै नेपाल आएकी कोरोना संक्रमितसँग नआएको पुष्टी भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार उक्त दिन कतारबाट काठमाडौंका लागि तीनवटा उडान भएका थिए । तीनवटा जहाजमा ४६४ यात्रु आएको रेकर्ड रहेको छ ।
मार्च १७ तारिखका दिन पहिलो जहाज क्यूआर ६५२ कतारबाट बिहान ३ बजेर ५ मिनेटमा उडेको जहाज बिहान १० बजेर ५ मिनेट काठमाडौं आइपुगेको थियो ।
मध्यान्ह १२ बजे दोहाबाट उडेको क्यूआर ६५० जहाज सोही दिन बेलुका ७ बजेर ३५ मिनेटमा काठमाडौं आइपुगेको थियो । यस्तै बेलुका ४ बजेर ५५ मा दोहोबाट उडेको क्यूआर ६४४ जहाज राति १२ः३० बजे काठमाडौं आइपुगेको थियो ।
पहिलो क्यूआर ६५२ जहाजमा कोरोना संक्रमित युवती आएकी थिइन भने दोस्रो जहाज क्यूआर ६५० मा बेलका नगरपालिकाका दुई युवाा थिए । पहिलो जहाज र दोस्रो जहाजको समय तालिका साढें ९ घण्टाको फरक परेको छ ।
संक्रमणको आशंका गरिएका चौधरीलाई मंगलबार त्रियुगा नगरपालिकाले व्यवस्थापन गरेको कोरोना भाइरसबाट जोगिन प्रोटेक्टीभ इक्युपमेन्ट सहितको चालक सहितको बिशेष प्रकारको पोषाक पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिइ) सहितको स.१ च १८२५ नम्बरको एम्बुलेन्समार्फत धरान पठाईएको छ भने तामाङ घरमै सेल्फ क्वारेन्टाइनमा बसेको बेलका नगरपालिकाका प्रवक्ता मोहन घिमिरेले जानकारी दिए ।यस्तै बेलका नगरपालिका ३ रातापानीका स्थानीय सुकदेव चौधरीका अनुसार मेयरले सामाजिक संजालमा लेखे जस्तो विनानन्दमा कुनै ज्वरो नआएको बताए । यस्तै मेयर दुर्गा थापाले मंगलबार सामाजिक संजाल फेसबुकमार्फत हालसम्म बेलकामा प्रमाणित भएर ४ गते कतार एयरलान्सबाट आएका कुनै व्यक्ति भेटिएका छैनन, मलाई हिजो गलत रिपोर्टिङ भएछ अहिले चेक गर्दा थाहा भयो, कोरोना भाइरसको आशंका गरिएको चौधरीलाई चेकजाँचको लागि धरान पठाएको समेत लेखेका छन् ।
यस्तै त्रियुगा नगरपालिका ६ जलजलेका एक युवा गत शुक्रबार सिंगापुर हुँदै नेपाल आएका थिए । उनको पनि रगत परीक्षणका लागि मंगलबार नै धरान हुँदै टेकु पठाएको जिल्ला स्वास्थ्य प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए । उनी घरमै सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

तपाईको प्रतिक्रिया