विदेशमा रहेका ६१ हजार नेपाली भित्रिए
काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको सङ्क्रमण फेला परेपछि यसको सन्त्रास अझ बढ्दो छ । यो अवस्थामा विदेशमा रहेका ६१ हजार नेपाली स्वदेश फर्किएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो सङ्ख्या चैत ४ देखि चैत २३ गतेसम्म मन्त्रालयले देशका ७५३ वटै स्थानीय तहबाट सङ्कलन गरेको विवरण हो ।छिमेकी मुलुक भारतसहित विभिन्न मुलुकबाट हवाई तथा सडक मार्ग भएर...











