काठमाडौं । विश्वमै भयावह महामारीको रुपमा देखा परिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको छ । शनिबार सम्ममा यो भाइरसबाट नेपालमा नौं जना संक्रमित भएका छन् । विदेशबाट नेपाल आएका नेपालीमा मात्रै संक्रमित देखिएकोमा नेपालमै बसेका एक व्यक्तिमा भाइरस संक्रमण भएको पाइएको छ ।
अहिलेसम्म नेपालमा को कहाँबाट संक्रमित भए त ? यस्तो छ विवरण :
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो ।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको थियो ।
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको थियो ।
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको थियो।
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो।
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको थियो ।
सातौं संक्रमितः भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको थियो ।
आठौं संक्रमितः भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको थियो ।
नवौं संक्रमितः कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको ।

https://www.facebook.com/1828150850557308/videos/3167452793265084/?t=0

तपाईको प्रतिक्रिया