त्रियुगा नगरपालिकाले कुकुरको बन्ध्याकरण थाल्यो
उदयपुर । त्रियुगा नगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । घरपालुवा छाडा कुकुरहरुको कारण रेबिज फैलिने भएकाले नगरपालिकाको पशु सेवा शाखाले नगर भित्रको कुकुरहरुलाई बन्ध्याकरण गरि रेबिज बिरुद्धको भ्याक्सिन लगाउने काम त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कबाट सुरु गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
कुकुर बन्ध्याकरण गर्नका निम्ति काठमाणडौबाट पशु चिकित्सकहरुको चार जनाको टोली आएक...












