उदयपुर । त्रियुगा नगरपालिकाले छाडा कुकुरको बन्ध्याकरण अभियान सुरु गरेको छ । घरपालुवा छाडा कुकुरहरुको कारण रेबिज फैलिने भएकाले नगरपालिकाको पशु सेवा शाखाले नगर भित्रको कुकुरहरुलाई बन्ध्याकरण गरि रेबिज बिरुद्धको भ्याक्सिन लगाउने काम त्रियुगा नगरपालिका १३ बरुवा बसपार्कबाट सुरु गरिएको नगर प्रमुख बलदेव चौधरीले जानकारी दिए ।
कुकुर बन्ध्याकरण गर्नका निम्ति काठमाणडौबाट पशु चिकित्सकहरुको चार जनाको टोली आएको नगरपालिकाको पशु सेवा शाखाका इन्द्रनारायण चौधरीले जानकारी दिए । उनका अनुसार पोथी कुकुरको अप्रेशन गरि बच्चा दानी पाठेघर निकालेर फाली दिने र भाले कुकुरको अन्डा निकालेर अप्रेसन गर्ने काम भई रहेको जानकारी दिए ।
बन्ध्याकरणका लागि काठमाण्डौबाट पशु चिकित्सकत्रय मनोककुमार चौधरी, सन्तोषकुमारी गिरी, गणेश रोकावा र प्राबिधिक कृष्णप्रसाद पौडेलको टोली आएको त्रियुगा नगरपालिकाका पशु सेवा शाखाका प्रमुख इन्द्रनारायण चौधरीले जानकारी दिए ।
छाडा कुकुरको कारण रेबिज लगायतको रोग लाग्ने भएकाले त्यसलाई न्यूनिकरण गर्न कुकुरको जनसँख्या बृद्धि रोक्न अभियान चलाएको त्रियुगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मणक्रिम थापाको भनाई रहेको छ । मंगलवारबाट सञ्चालनमा ल्याएको बन्ध्याकरण अभियानलाई टोलटोल बस्ती बस्तीमा पुगेर अप्रेशन गर्ने लक्ष्य रहेको छ । अभियान भरि कम्तिमा पनि १५० कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशु सेवा शाखाका चौधरीले बताए ।

तपाईको प्रतिक्रिया