उदयपुर । उदयपुरमा ठूलो परिमाणमा हातहतियार सहित नेत्र विक्रम चन्द (विप्लप) का प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका १४ जना मध्ये ६ जना लडाकुको रुपमा बालबालिका प्रयोग गरिएको छ । अपहरणमा परेकी १४ वर्षिया बालिका करिना मोक्तानको उद्धारको क्रममा कटारी नगरपालिका १ खसीबासमा रहेको चन्द समूहको आश्रय स्थलबाट लडाकुको रुपमा बालबालिकाहरु पनि पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी बस्ने बर्ष १६ की रिता कार्की, ईलाम बतासे बस्ने बर्ष १७ को आयुस मगर, ताप्लेजुङ बस्ने बर्ष १६ की रञ्जना राई, मोरङ आईतबारे बस्ने बर्ष १७ की सपना राई, मोरङ बस्ने बर्ष १५ को आशिस श्रेष्ठ र सिन्धुली ज्यामिरे बस्ने बर्ष १२ को ईश्वर पुलामी मगर रहेका छन् । उनीहरु सवै १८ वर्षमुनिका बालबालिका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बिरबहादुर बुढामगरले जानकारी दिए । उनका अनुसार नेपालका कानूनले १८ वर्षमुनीकालाई बालबालिका नै मानिएको हुनाले नेत्र विक्रम चन्द (विप्लप)का पार्टीले लडाकुको रुपमा बालबालिका प्रयोग गर्नु गलत भएको बताए ।
यस्तै ईलाम फाकफोक बस्ने बर्ष २० को मुस्कान राई, सुनसरी ईटहरी बस्ने बर्ष २८ को विवेक खड्का, ताप्लेजुङ खोक्सिङ बस्ने बर्ष २० को बिकास राई, उदयपुर ताप्ली गाउँपालिका बस्ने बर्ष १८ को अबिनास तामाङ, उदयपुर गाईघाट बस्ने बर्ष २० को आशिस लामा, धनकुटा पाख्रीबास नगरपालिका बस्ने बर्ष १९ की अनिता राई, कैलाली बस्ने बर्ष १९ की अनुस्का राउत, भोजपुर बस्ने बर्ष ४५ को मणिराज राई पनि पक्राउ परेका छन् ।
प्रहरीले चन्द समूहको आश्रयस्थलबाट ठूलो परिमाणमा हतियार, विस्फोटक पदार्थ र दस्तावेज समेत बरामद गरिएको जानकारी दिएको छ । उनीहरुको साथबाट ११ थान सकेट बम, ३ थान ठूलो चाइनिज पेस्तोल, ऐ. को म्यागेजीन ३ थान, ऐ. को गोली ९ राउण्ड, खुकुरी १ थान र डेटोनेटर ३ मिटर फेला परेको एसपी बुढामगरले जानकारी दिए । उनीहरु सवैलाई धनुषा प्रहरी कार्यालय रेफर गरिएको बताए ।
यो सामाचार पनि पढ्नुस्
उदयपुरमा ११ थान सकेट बम सहित १४ जना विप्लपका लडाकु पक्राउ (नामावली सहित)









