उदयपुर । शारिरीक अपाङ्गता भएकी २६ बर्षिया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवालाई बिहीबार पक्राउ गरेको छ ।
बुधबार राती पीडितको घरको ढोका फुटाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका ९ का १९ बर्षिय ववित दनुवारलाई पक्राउ गरेको हो ।
परिवारका सबै सदस्य सुतेको मौकाछोपी आरोपितले राती १२ बजे युवती सुतेको ढोका फुटाई पसेर बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दनुवारलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरेहेको जिल्ला प्रहरी कार्यालयका एसपी विरबहादुर बुढामगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया