उदयपुर । उदयपुरमा होली पर्वमा जथाभावी रुपमा सवारी साधन चलाउने १७ मोटर साइकल सहित २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानमा होली पर्व मनाउने क्रममा होहल्ला, झगडा, हुलहुज्जत गर्दै हिड्ने प्रहरी परिचालन गरी १७ मोटर साइकलसहित १७ पुरुष र ५ महिलालाई नियन्त्रणमा लिइएको छ ।

https://www.facebook.com/1828150850557308/videos/2369401840017225/

जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी विर बहादुर बुढामगरका अनुसार जथाभावी रंग लगाउने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, मोटरसाइकलमा तीन जना राखेर चलाउने, तीव्र गतिमा चलाउने, हेलमेट नलगाएर चलाउने, कागजपत्र नलिई चलाउने, ठूलो आवाज निकालेर तथा जथाभावी लापरवाही तरिकाले चलाउने चालकलाई कारवाही गरिएको जानकारी दिए ।
नियन्त्रणमा रहेका सवै जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ । नियन्त्रणमा परेकाहरुलाई अगल्ती अनुसारको कारवाही गरिने एसपी मगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया