राजेन्द्र महतो, लहान । सिरहाका दक्षिणवर्ती सिमाना नाकाबाट भारत तर्फ कामको खोजीमा गएका १० बालकलाई उद्धार गरेका छन् ।
१० बालकलाई चाइलड लाइन कल्ब मधुबनी भारतको टोलीले बाल गृहमार्फत नेपाल रेडक्रस सोसाइटी सिराहा मार्फत जिल्ला प्रहरी कार्यालय सिराहालाई जिम्मा लगाएका थिए ।
भारत तर्फ गएका बालकहरु सुखिपुर नगरपालिका ४ का १३ वर्षिय रामानन्द कुमार दास, सोही नगरपालिकाका १४ वर्षिय हेमनारायण दास, वडा नं. ७ का १७ वर्षिय शैलेन्द्र कुमार दास, औरही गाउँपालिका २ तुल्सीपुरका १४ वर्षिय सुरेश कुमार राम, मिर्चैया नगरपालिका ११ का १२ वर्षिय विरेन्द्र महरा रहेका छन् ।
यस्तै नवराजपुर गाउँपालिका ४ का १४ वर्षिय भगवती कुमार मण्डल, सोही ठाउँका १० वर्षिय सन्तोष कुमार मण्डल, ११ वर्षिय रोशन कुमार मण्डल, १३ वर्षिय सुलिन कुमार मण्डल, १५ वर्षिय इन्द्रजीत कुमार मण्डललाई प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको रोहबरमा बालकहरुलाई अभिभावकहरुको जिम्मा लगाएका हुन् ।
उद्धार गरिएका बालकहरु विगत ३ महिनादेखि बाल संरक्षण इकाइ मधुबनीमा रहेको प्रहरीले जनाएको छ ।









