उदयपुर । उदयपुरमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । बुधबार दिउँसो करिव ५ बजे रौतामाई गाउँपालिका ५ धोद्रेमा भुपराज राईको घरमा आगलागी भएको छ ।

रौतामाई गाउँपालिका ५ धोद्रेमा भुपराज राईको घरमा आगलागी । तस्विर : सिताराम राई

फुसले बनेको घरमा आगलागीबाट घर भित्रका लत्ताकपडा, अन्नपात र नगद सहित सम्पूर्ण सामग्री जलेर नष्ट भएको रौतामाई गाउँपालिका ५ का वडाध्यक्ष पाण्डोव राईले जानकारी दिए । उनका अनुसार मानविय क्षति नभएपनि के कारणले आगलागी भएको सो कुरा खुल्न सकेको छैन् । आगलागीको क्षति बारे विस्तृत विवरण समेत आई नपुगेको वडाध्यक्ष राईले बताए । आगलागी भएको स्थान तर्फ साउने प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीर बहादुर बुढा मगरले जानकारी दिए । घटनाको सत्य तथ्य प्रहरी पुगेपछि मात्रै आउने एसपी मगरले बताए ।

तपाईको प्रतिक्रिया