मोरङ । मोरङ ग्रामथान २ बस्ने ४५ वर्षीय बाबुराम सरदार र निजको नातिनि ६ वर्षीया सबिता सरदारको टिफरको ठक्करबाट मृत्यु भएको छ ।
मंगलबार राती सवाँ ९ बजे बिराटनगर–१९ मिलन चोक नजिक पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको को१ख २९१७ नम्बरको टिफरले बिपरित दिसाबाट आउँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटो टेम्पोलाई ठक्कर दिँदा अटो चालक बाबुराम सरदार र निजको नातिनि सबिता सरदारको घट्नास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने टिफर र टिफर चालक सुनसरी रामधुनी५ बस्ने ३३ बर्षीय हरेराम चौधरी नियन्त्रणमा रहेको उक्त कार्यालय जनाएको छ ।









