काठमाडौं । सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जिल्ला अदालत सुनसरीमा आत्मसमर्पण गरेका छन् । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका उनले मंगलबार आत्मसमर्पण गरेका हुन् । यसअघि अदालतमा मुद्दाको बहस हुँदै गर्दा विपक्षमा फैसला आउने देखेपछि उनी भारत भागेका थिए ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । त्यसैगरी १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।
गिरीले संक्षिप्त्त प्रतिक्रिया दिदै आफु उपचार गराउन गएका बखत उच्च अदालत बिराटनगरले पुर्पक्षका लागी थुनामा राख्ने आदेस गरे पछि अदालतमा हाजिर हुन आएको बताउदै उनले आफू नभागेको समेत दाबि गरे, मैले त्यस्तो अपराध गरेको छैन, निर्दोष भएकैले अदालतको शरणमा आएको साथै न्याय पाउने कुरामा विश्वस्त रहेको बताए ।

तपाईको प्रतिक्रिया