राजेन्द्र महतो, लहान । पुर्व–पश्चिम राजमार्ग सडक खण्ड अन्र्तगत सिरहाको मिर्चैया नगरपालिका २ मल्हनियाँ चोक स्थित पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको एक यात्रु बाहक बसको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ । पूर्वपश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना.७ ख. ५७९ नम्बरको यात्रु बाहक बसको ठक्करबाट कर्जन्हा नगरपालिका ६ बडहरा मिर्चैयाका राम प्रसाद सदाको छोरा २२ वर्षिय पुजन सदाको मृत्यु भएको प्रहरीले बताएका छन् ।
ठक्करबाट घाइते भएका सदाको उपचारका क्रममा मिर्चैयाको मंगलम हस्पिटलमा मृत्यु भएको हो । मृत्यक सदाको शव पोष्टमार्टमको लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहानमा पठाइएको प्रहरीले बताएका छन् ।
दुर्घटना भएको बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले बताएका छन ।

तपाईको प्रतिक्रिया