उदयपुर । उदयपुरमा बुधबार साँझ ६ः३० बजे चौदण्डीगढी नगरपालिका ४ स्वामी चोकमा ठूलो परिणामको लागूऔषध सहित एक जना युवा पक्राउ परेको छ । चौदण्डीगढी नगरपालिका ४ बस्ने २५ वर्षिय रोशन मगरलाई स्वामी चोकमा हिड्दै गरेको अवस्थामा शंका लागि चेक जाँच गर्दा ठूलो परिणाममा लागूऔषध सहित पक्राउ परेको छ ।
मगरको साथबाट एक सय ७३ ट्याब्लेट लागूऔषध फेला परेपछि सोधपुछ गर्दा सोही ठाउँमा राजकपुर यादवले संचालन गरेको लक्ष्मी मेडिकलबाट किनेर ल्याएको खुलेकोपछि सोही मेडिकल पसलबाट एक हजार नौं सय १५ गरी २ हजार ९२ ट्याब्लेट लागूऔषध प्रहरीले बरामद गरेको छ ।
मगरको साथबाट स्पास्पेन ११० ट्याब्लेट, एप्काडोल ६३ ट्याब्लेट गरी जाम्मा १७३ ट्याब्लेट र ला.औ.गाजा ५० ग्राम फेला परेको प्रहरीले जनाएको छ । सोधी खोजीको क्रममा सोही ठाउँमा पसल गर्दै आएका राजकपुर यादबले संचालन गर्दै आएको लक्ष्मी मेडिकलबाट प्रतिबन्धित औषधि स्पास्पेन ९१० ट्याब्लेट, एप्काडोल ९४८ ट्याब्लेट र टाईफेनीकोल ५७ ट्याब्लेट गरी जम्मा १९१५ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरलाई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेल्टारमा राखिएको छ भने बेचबिखन गर्ने मेडिकल संचालक राज कपुर यादब फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया