उदयपुर । उदयपुरमा आफ्नो हजुरआमा सरहलाई बलात्कार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कटारी नगरपालिका–३ की ८४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा उनीहरु जना पक्राउ परेका हुन् ।
बिहीबार दिउँसो बृद्धालाई बलात्कार गरेको आरोपमा सोही वडाका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए । घटनाका विषयमा अनुसन्धान भइ रहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले बताए । बृद्धाको कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

तपाईको प्रतिक्रिया