बराहक्षेत्र । पुरानो नालालाई छोडेर नयाँ ढल तथा नाला निर्माण गर्दा सडक मिचेर बनाएकोमा सुनसरी बराहक्षेत्रका रेल्वेवासीहरु आन्दोलनमा उत्रेका छन् । बुधबार पत्रकार सम्मेलन आयोजना गरि वराहक्षेत्र चक्रघट्टीको रेल्वे संघर्ष समितिले आफ्ना माग समयमानै स्थानीय सरकारले सुनुवाइ नगरे भोक हड्तालमा समेत उत्र्ने चेतावनी दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै संघर्ष समितिका अध्यक्ष माधव बरालका अनुसार मुनाल चौक देखि बसपार्क सम्म निर्माण भैरहेको ढलनाला सडकवाट २–३ फिट पूर्व तर्फ मिचेर वनाएको, जग्गा नापजाँच गर्दा डिमारकेशनबाट नापी गर्नु पर्नेमा जथाभावी नाप जाँच गरिएको, रेल्वे वासिन्दाले वराहक्षेत्र नगरपालिकाको न्यायिक समितिमा निवेदन दिएपनि त्यसमाथि कुनै सुनुवाई नभएको बताए ।
न्यायिक समितिको निवेदन माथि सुनुवाई नहुनु र हतार पूर्वक ढल नाला निर्माण गरिएको, स्थानीय सरकार आफैले न्यायिक समितिको अस्तित्व समाप्त पार्ने काम भएकोमा संघर्ष समितिको गम्भीर ध्यानाकर्षण भएको संघर्ष समितिका सचिव ईन्द्र भुजेलले वताए ।
नगरपालिकाले गरेको ढल नाला निर्माण चार आनाको मुर्गी बाह्रआनाको मसलाको संज्ञा दिएको छ । २० लाखको बजेटबाट करिव १२ लाख मात्रै खर्च भएको कुल बजेटमा निर्माण भएको सो ढलनालामा ६ वटा विद्दुत पोल परेको र सो पोल नालीबाट स्थानान्तरण गर्दा प्रतिपोल २ लाखका दरले १२ लाख खर्च हुने समितिले वताएको छ ।
संघर्ष समितिले एकतर्फी समिति निर्माण गरि ढल तथा नाला निर्माण गरेको आरोप लगाएका छन् । ढल तथा नाला निर्माणको क्रममा सडकको पुर्व तर्फ रेल्वेमा वसोवास गर्ने स्थानीयको विरोध रहदा रहदै सडक पश्चिम तर्फका स्थानीयलाई मात्र ढल तथा नाला समितिमा राखेर निर्माण कार्य गरेकोमा समितिले विमति जनाएको छ ।
समितिले यो ढल निर्माणको शैलीलाई नजिर वनाएर भोलि नगर भरिनै गलत ढंगबाट विकासका गतिविधि हुने हुँदा यसलाई नजिरको रुपमा विकसित हुन नदिनु संघर्ष समितिको धारणा रहेको छ ।
तत्कालिन गाउँ बिकास समितिमा दलिय राजनीतिक संयन्त्र हुदा सडकको चौडाई निर्धारण गरिएको थियो । सोहि क्षेत्रमा शिबालय देखि मुनाल चौक सम्म ढलनाला निर्माण गरियो । तर मुनाल चौक देखि बसपार्क सम्म भने नालालाई २–४ फिट पुर्व तर्फ सासेर निर्माण गरिनु मिचाहा प्रवृत्ति रहेको समितिका अध्यक्ष बरालले वताए ।
यदि संघर्ष समितिलाई नगरले उचित सम्वोधन नगरे चरणवद्द आन्दोलित हुने समितिका सचिव भुजेलले वताए । संघर्ष समितिले यश अघिनै वराहक्षेत्र नगरपालिकालाई ध्यानाकर्षण पत्र हस्तान्तरण गरिसकेको छ ।
यता बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालले “नगरपालिकाको प्राविधिकले नाप जाँच गरेर सिमाङ्कन गरेकोले हुँदा निर्माण प्रति चित्त नबुझे अदालत जान सक्ने कुरा बताएका छन् ।

तपाईको प्रतिक्रिया