राजेन्द्र महत्तो, लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिका २ मल्हनीया चौकमा बसले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
शनिबार पूर्वबाट आउँदै गरेको न. ५ ख. ४९९२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ज. ११ प. ६३६४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कल्याणपुर नगरपालिका ९ डुमरीको अन्दाजी ५५ वर्षीय सुफिलाल यादबको दाहिने खुट्टामा गम्भीर चोट लागेका थिए ।
घाइते भएका यादवलाई तत्काल उपचारको लागि मिर्चैया स्थित रहेको मंगलम अस्पतालमा शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिए ।
ठक्कर दिने बस र बसका चालक जिल्ला पर्सा उपमहानगरपालिका ३२ को ३५ वर्षिय संजय कुमार नटलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको ट्राफिक प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

तपाईको प्रतिक्रिया