उदयपुर । उदयपुरमा एक युवाले आफ्नै शरिरमा आगो लगाई घाइते भएका छन् । जिल्लाको कटारी नगरपालिका ४ तल्लो कटारी बस्ने ३२ वर्षिय चन्द्र अधिकारी दनुवारले मंगलबार राति १० बजे आफ्नै शरिरमा आगो लगाउँदा घाईते भएका छन् ।
मादक पदार्थ सेवन गरी आफ्नै शरिरमा मट्टितेल खन्याई आगो लगाउँदा घाईते भएका दनुवारको धरान स्थिति बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ भने आफ्नै शरिरमा आगो लगाउने कारण खुल्न सकेको छैन । सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया