उदयपुर / छोरी बलात्कारको आरोपमा उदयपुरको उदयपुरगढी गाउँपालिकाका ४५ वर्षीय बुबा पक्राउ परेका छन् ।

केही दिनअघि १२ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै आमाले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि बुबा पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले बताए।

 

तपाईको प्रतिक्रिया