उदयपुर । उदयपुर रौतामाई गाउँपालिका ३ बस्ने मान बहादुर राईको छोरी १३ बर्षिय भावना राई मृत अवस्थामा फेला परेकी छिन । आइतबार विहान ११ बजे खोटाङ हलेसी तुवाचुङ नगरपालिका ५ स्थित सुनकोशी नदीको किनारमा मृत फेला परेकी हुन् ।
गत पुष २६ गते कोही कसैलाई जानकारी नगराई घरबाट हिडेकी भावनालाई स्थानीय बासीहरुले मृत अबस्थामा खोलाले बगाई ल्याएको देखेपछि ईलाका प्रहरी कार्यालय हलेसीमा जानकारी गराएका थिए ।
घटनाको जानकारी पाउन साथ प्रहरी टोली खटि गई कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।









