उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ४ शनिबारे बजार बसाहा एरियाबाट लागूऔषध सहित एक जना पक्राउ परेको छ । आइतबार विहान १० बजे भोजपुर आमचोक पसलभञ्ज्याङ बस्ने १६ बर्षीय बिजय राई गाँजा सहित पक्राउ परेका छन ।
स.५प. ५८८१ नम्बरको मोटरसाईकलमा आएका राईलाई आशंका लागि प्रहरी चौकी बेसाहबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकलको सिटकभर मुनी लुकाई छिपाई राखिएको अवस्थामा ६ सय ग्राम लागुऔषध गाँजा फेला परेको थियो । गाँजा सहित पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









