उदयपुर । उदयपुरमा लागूऔषधसहित दुई जनालाई फेरी प्रहरी चौकी लालपत्ताले पक्राउ गरेको छ । लहानबाट गाईघाट तर्फ आउँदै गरेको ना ५ ख ८४७९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।
बसमा सवार त्रियुगा नगरपालिका –१६ निबासी २२ वर्षीय सन्तोष परियार र मोरङ हसन्दह निबासी २३ वर्षीय पुष्पराज तिम्सिनालाई चेकजाँचको क्रममा पक्राउ गरेको छ । उनीहरुको साथबाट नाईट्रोजेपाम ३४ ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया