राजेन्द्र महतो, लहान । सिरहाको औरही गाउँपालिका ५ नवटोलीमा श्रीमानले श्रीमतिलाई आगो लगाएर हत्या गरेको छ । शुक्रबार राती खाना पकाइरहेको बेला श्रीमान विनोद यादवले श्रीमति २५ वर्षिय अनिता देवी यादवलाई शरीरमा आगो लगाएर गरेको छ ।
आगोले जलेर गम्भिर घाइते भएकी अनितादेवीलाई विराटनगरमा उपचार सम्भव नभएपछि उपचारको क्रममा आइतबार बिहान काठमाडौं रेफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।
माइती पक्षले अनितालाई जलाएर हत्या गरेको मौखिक उजुरीपछि विराटनगरबाट श्रीमान विनोदलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए । मृतकका श्रीमानले श्रीमतिलाई आगो लगाएको स्वीकार गरेको प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
औरही गाउँपालिका १ दरहैयाकी अशोक यादवकी छोरी अनिताको २०६८ सालमा विनोदसँग सामाजिक परम्परा अनुसार विवाह भएको थियो । वैदेशिक रोजगारीको क्रममा रहेका यादव हप्ता साउदी अरबबाट घर फर्किएका थिए । घर फर्के लगत्तै विनोदलाई भाउजुले श्रीमतिको चरित्रको विषयमा कुरा लगाएर आगो लगाएको हजूरबा सुदीलाल यादवले जनाएका छन् ।









