राजेन्द्र महतो, लहान । सिरहाको कर्जन्हा नगरपालिका ४ बस्तिपुरमा शुक्रबार हिान भएको आगलागीमा परी एक युवतीको जलेर मृत्यु भएको छ ।
जिल्लाको कर्जन्हा नगरपालिका ४ बस्तिपुर चोक को आशा नायकको घरमा विद्युत सर्ट भई आगलागी हुँदा उनकी १६ वर्षीया छोरी चुनचुन कुमारी नायकको जलेर मृत्यु भएको छ भने आमा आशा नायक घाइते भएकी छिन् ।
घाइते भएकी चुनचुनको फूल कुमारी मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए । आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न नसकेको प्रहरीले जानकारी दिए ।









