राजेन्द्र महतो, लहान । सिरहाको लहान नगरपालिका– ८ स्थित सार्वजनिक बाटो अतिक्रमण गरी लामो समयदेखि बनाइएका घर टहरा नगरपालिका तथा स्थानीय प्रशासनले भत्काइएको छ । लहान नगरपालिका कार्यालय र स्थानीय प्रशासनले संयुक्त रुपमा सार्वजनिक बाटो र एलानी जग्गामा स्थानीयवासीद्वारा निर्माण गरिएका घर टहरा भत्काएका हुन् । लहान नगरपालिका ८ स्थित २ नम्बर रोडमा ढल नाला निर्माण तथा सडक विस्तार गर्ने कार्य अतिक्रमण गरी बनाइएका घर टहराका कारणले बाटो अवरोध भईरहेको भन्दै स्काभेटर लगाएर भत्काइएको हो ।
नगरपालिका तथा सम्बन्धित वडा कार्यलयले पटक–पटक अतिक्रमित जग्गा खाली गर्न आग्रह गर्दै आए पनि भत्काउन अटेर गर्दै आएकाले त्यस्ता संरचना भत्काइएको लहान नगरपालिका ८ का अध्यक्ष विजयकुमार महतोले बताए ।

तपाईको प्रतिक्रिया