उदयपुर । उदयपुरमा कसमस सिमेन्टको चुनढुंगा बोकेको टिफर आइतबार अपरान्ह ३ः३० बजे दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तरर्गत उदयपुरगढी गाउँपालिका ७ अधेरी (मसाने) मा ना.५ ख ५४१० नम्बरको टिफर दुर्घटना हुँदा चालक कटारी नगरपालिका २ खोक्साका २२ वर्षिय भुपेन्द्र खत्री गम्भिर घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले बताए । 
टिफर तिव्र गतिका कारण मोडमा दुर्घटना भएको प्रत्यक्षदर्शी स्थानीय प्रेम खड्काले बताए । उनका अनुसार टिफरमा क्षमता भन्दा बढी चुनढुंगा बोकेर तिव्र गतिका कारण दुर्घटना भएको बताए ।
चालकको जिल्ला अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि विराटनगर रेफर गरिएको प्रहरीले जानकारी दिए ।
यस अघि पुस १८ गते सोही ठाउँमा ना.२ ख ९ नम्बरको टिफरले पार्किङ गरेर राखेको स.१ त ६१०३ नम्बरको ट्याक्टर र बा.६१ प ७९१६ नम्बरको मोटर साइकललाई ठक्कर दिएको थियो । ट्याक्टर र मोटर साइकल पूर्ण रुपमा क्षति भएको थियो । ट्याक्टर र मोटर साइकलमा कोही पनि सवार नभएकोले कुनै मानवीय क्षति नभएको स्थानीय प्रेम खड्काले बताए ।
यस्तै पुस १९ गते सोही अधेरी मसानेमा बा ३ ख २२८८ नम्बरको अर्को टिफर दुर्घटना भएको थियो । दुर्घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । स्थानीय आशा खपाङ्गीका अनुसार जसले चाँडो कुदाए त्यसले लोड र अनलोडमा पाले पाउने प्रतिष्पर्धाले दुर्घटना भएको बताए । उनका अनुसार अहिले स्थानीयलाई केही नभएपनि कुनै दिन टिफरले ठूलो दुर्घटना निम्त्याउने बताए । उनका अनुसार सम्बन्धित निकायले टिफरको गतिमा रोक लगाउनु पर्ने बताए ।

तपाईको प्रतिक्रिया