उदयपुर । उदयपुरमा घरको बरण्डाबाट खसेर एकको मृत्यु भएको छ । विहीबार आप्mनै घरको बरण्डाबाट खसेर गम्भीर घाईते भएका कटारी नगरपालिका ६ चुहाडेका २७ वर्षीय दिवस कार्कीको उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको हो । बरण्डाबाट खसेर गम्भीर कार्कीलाई कटारी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका डिएसपी प्रेमसागर केसीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया