उदयपुर । माघे संक्रान्तिको दिन प्रदेश नं. १ मा सार्वजनिक विदा दिइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गर्दै सार्वजनिक विदा दिइएको जनाएको छ । प्रदेश सरकार, प्रदेश नं. १ मन्त्रिपरिषद्को निर्णयानुसार माघेसंक्रान्ति एवं माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक विदा हुने सूचना जारी गरेको छ ।
यस्तै कटारी नगरपालिकाले पनि सूचना जारी गर्दै माघे संक्रान्ति तथा माघी पर्वमा सार्वजनिक विदा दिइएको छ । नगरपालिकाले सूचनामा कटारी नगरपालिका क्षेत्र भित्र रहेका तावा, ककरु र कमला खोलाको संगम स्थल त्रिवेणी धाममा परापूर्व कालदेखि मकर नुहाई मनाउने स्थानीय मौलिक संस्कृतिको संरक्षणको लागि माघ १ गते सार्वजनिक विदा दिइएको सूचनामा जनाएको छ ।
यस्तै माघे संक्रान्तिमा चौदण्डीगढी नगरपालिकाले सूचना जारी गर्दै सार्वजनिक विदा दिइएको प्रमुख प्रशासकिय अधिकृत शिव हुमेगाइँले जानकारी दिइएको छ । नगरपालिकाको कार्यालय र माताहातको कार्यालयहरु बन्द रहने जनाएको छ ।









