उदयपुर । माछा मार्ने भन्दै हिडेकी त्रियुगा नगरपालिका १२ बस्ने सुन्तली बोटे आइतवार त्रियुगा र बरुवा खोलाको दोभानमा मृत अवस्थामा भेटिएकी छिन् । लाल बहादुर बोटेको श्रीमती अन्दाजी ३३ बर्षकी सुन्तली बोटे मृत अवस्थामा फेला परेकी थिइन ।
शुक्रबार करिव १० बजेको समयतिर माछा मार्न भनी हिडेकी बोटे साँझ बेलुका सम्म घर नआएपछि खोजतलास गर्ने क्रममा आइतवार खोलाको दोवानमा मृत फेला परेको जिल्ला प्रहरी कार्यलय उदयपरले बताए । उक्त लाशलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ ।
महिला अत्याधिक चिसोको कारण मरेको हुन सक्ने अनुसन्धानले देखाएको छ । महिलाको अन्य कुनै पनि चोटपटक नभएको प्रहरीले बताएको छ ।









